गण्डकीसमाचार

कास्कीमा कोरोना उपचार प्रभावकारी बनाउन काँग्रेसद्वारा माग

गण्डकी खबर । नेपाली कांग्रेस कास्कीले कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई ध्यान दिएर तत्काल कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीका अध्यक्षतामा आज बसेको जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेश र गाउँपालिका सभापतिको संयुक्त बैठकले सो माग गरेको काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो भयो ।

उहाँका अनुसार बैठकले जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह गरेको छ ।

बैठकले महामारीका बेला जनताका लागि सहज रुपमा कोरोना स्वास्थ्योपचार सेवा उपलब्ध गराएर सरकारलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button