गण्डकीसमाचार

पोखरामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

गण्डकी खबर । पोखरामा कोरोनाबाट थप आठ जनाको मृत्यु भएको छ ।

पोखराका विभिन्न अस्पतालमा उपचाररत सात जना र एक जना होम आइसोलेसनमा रहेका गरी थप आठ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पाेखरामा ७५ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान साढे १० बजे मेडिप्लस अस्पतालमा उपचारको क्रममा निधन भएको छ । रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–३ का उहाँलाई बैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्कीको पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो दिउसो सवा १ बजे होम आइसोलेशनमा निधन भएको हो ।

उहाँलाई बैशाख १६ गते कोरोन पुष्टि भएको थियो ।त्यसैगरी पोखरा महानगरपालिका–२६ की ५८ वर्षीय संक्रमित महिलाको हिजो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा बिहान साढे १० बजे निधन भएको हो ।

उहाँलाई बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button