गण्डकीसमाचार

स्याङजाको वालिङमा कोरोनाको संक्रमण तीब्र रुपमा बढ्दो, आज मात्रै ८७ जनामा संक्रमण

गण्डकी खबर । स्याङ्जाको वालिङमा पनि कोरोना संक्रमण तीब्र रुपमा बढ्न थालेको छ । परीक्षणको दायरा बढाउन थालेसँगै स्याङ्जाको वालिङमा पनि कोरोना संक्रमण तीब्र रुपमा बढ्न थालेको हो ।

स्याङजामा आज मात्रै थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये वालिङ नगरपालिकाभित्र मात्रै ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै स्याङजाको पुतलीबजार नगरपालिकामा ६ जना, चापाकोट नगरपालिकामा २ जना, गल्याङ् नगरपालिकाकामा १ जना र भीरकोट नगरपालिकामा २ जनमा कोरोना संक्रमण पुष्टि भएका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक डा विनोद विन्दू शर्माले जानकारी दिए ।

स्याङ्जामा अहिलेसम्म १,०३३ जना कोरानाबाट संक्रमित भइसकेका छन् । जसमध्ये ८२१ जना निको भइसकेका छन्, भने २१२ जना उपचाररत छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button