गण्डकीसमाचार

प्रदेश प्रमुख गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव नियुक्त

गण्डकी खबर । गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त हुनुभएकाे छ।

पाैडेल र यादवलाई प्रदेश प्रमुखमा नियुक्तिको लागि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्नुभएकाे थियाे ।

नवनियुक्त प्रदेश प्रमुखको राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button