गण्डकीसमाचार

गण्डकी प्रदेशसभा बैठक २७ गते सोमबार बिहान ११ बजे बस्ने

गण्डकी खबर । गण्डकी प्रदेश प्रदेशसभा बैठक बैशाख २७ गते सोमबार बिहान ११ बजे बस्ने भएको छ । आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सो निर्णय गरेको हो ।

गत १३ गतेदेखि सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल चलेको थियो ।

१५ गते मतदानको कार्यतालिका रहेपनि जनमोर्चाका सांसद खिम विक्रम शाही अनुपस्थित हुनुभएकाे थियाे । जनमोर्चाले आफ्ना सम्पर्कविहिन सांसदको खोजिगर्न माग गर्दै दिएको निवेदनको आधारमा सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गर्नुभएकाे थियाे । यद्यपी हराएका भनिएका सांसद शाही सोही दिन पाेखराकाे चरक अस्पतालमा उपचाररत भएको खवर बाहिरिएको थियो । उहाँमा काेराेना सक्रमण पुष्टि भएकाे अस्पतालले जनाएकाे थियाे ।

२७ गते सोमबार नै मतदान हुने बताइएको छ । गण्डकीमा ६० जना सांसद छन् । एमालेका २७ जना, स्वतन्त्रका उम्मेदवार १ जना, नेपाली कांग्रेसका १५ जना, माओवादी केन्द्रका सभामुख सहित १२ जना, जसपाका २ जना र जनमोर्चाका ३ जना सांसद छन् ।

प्रदेशमा बहुमतको सरकार बनाउन ३१ जनाको समर्थन चाहिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button