गण्डकीसमाचार

पोखराको विभिन्न अस्पतालमा ३ जना कोरोना संक्रमितको निधन

गण्डकी खबर । पोखराको अस्पतालमा उपचाररत ३ जना र पर्वतमा होम आइसोलेसनमा रहेका १ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

कास्की जिल्ला पोखरा महानगरपालिका–२५ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

उहाँको हिजो निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उहाँलाई बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तनहुँ जिल्लाको व्यास नगरपालिका–१ की ६० वषीया संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा हिजो बेलुका निधन भएको हो । उहाँलाई हिजो नै कोरोन संक्रमण पुष्टि भएको थियो ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–९का ५३ वर्षीय पुरुषको हिजो दिउसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको थियो । उहाँलाई बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो ।

पर्वतको जलजला गाँउपालिका–३ का ६३ वर्षीय पुरुषको होम आइसोलेसनमा निधन भएको हो । उहाँलाई हिजो नै संक्रममण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button