गण्डकीसमाचार

पछिल्लो २४ घण्टामा पोखरामा १६५ सहित कास्कीमा थपिए १७७ संक्रमित

गण्डकी खबर । गण्डकी प्रदेशको राजधानी पोखरामा १ सय ६५ जना सहित कास्की जिल्लामा थप १ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा थप १ सय ७७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीको मादी गाउँपालिकामा ८ जना, रुपा गाउँपालिकामा ३ जना र अन्नपूर्णमा १ जना रहेकाछन् ।

योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार १ सय ३६ पुगेको छ । जिल्लामा ८ हजार ८ सय ८५ जना संक्रमण मुक्त भएकाछन् ।

हालसम्म कास्कीमा १ सय ३४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button