गण्डकी खबर । पोखरामा केहि दिन यता दैनिक कोरोना संक्रमितको संख्या तिव्र गतिमा फैलिएको छ । गएको २४ घण्टामा कास्कीको पोखरामा कोरोना अवधिभरकै सर्वाधिक संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिकामा ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कास्की जिल्लाभर आज कुल ८ सय ५६ जना कोरोनाका संक्रमित थपिएकाछन् । नयाँ संक्रमितमा मादीमा ९ जना, अन्नपूर्ण र रुपा गाउँपालिकामा ४, ४ जना र माछापुच्छ्रेमा एक जना रहेकाछन् ।
योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ८ सय १५ पुगेको छ । कास्कीमा हालसम्म ८९ सय ४९ जना निको भएकाछन् ।
जिल्लाभर २ हजार ७२९ जना कोरोनाका सक्रिय केस छन् । हालसम्म कास्कीमा कोरोनाबाट १ सय ३७ जनाको ज्यान गएको छ ।