गण्डकी खबर । पछिल्लाे २४ घण्टामा कास्कीको पोखरामा थप ४ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मादी र रुपा गाँउपालिकामा एक / एक जनामा संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कास्कीमा थप ४ सय ३ जनाामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका विभिन्न वडामा ४ सय १ सहित मादी गाउँपालिका र रुपा गाउँपालिकामा एक, एक जना थपिएका छन् ।