गण्डकीसमाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा

गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् ।

उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो । गुरुङले पदबाट राजीनामा दिएको केहि बेरमै उनको राजिनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन् ।

गुरुङको राजीनामालगत्तै गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीको प्रक्रिया बढ्ने भएको छ । अब बहुमतका आधारमा मुख्यमन्त्री बन्ने दाबी प्रस्तुत हुने भएको छ । त्यो नभए सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतले गुरुङ नै मुख्यमन्त्री हुनेछन् ।

प्रदेश सभामा २ वैशाखमा अविश्वास दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button