गण्डकीसमाचार

बागलुङमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

गण्डकी खबर । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका पर्वतको कुश्मा नगरपालिका वडा नं १ का ४७ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भई यही वैशाख २० गते धौलागिरी अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ देखिएको थियो ।

उनको आज बिहान धौलागिरी अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button