गण्डकीसमाचार

पोखरामा उपचारत कोरोना संक्रमित पुरुषको निधन

गण्डकी खबर । पोखराको अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको आज बिहान उपचारको क्रममा निधन भएको छ ।

त्यसैगरी बेनीको अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको हिजो दिउँसो निधन भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार पर्वत जिल्लाको कुश्मा नगरपालिका–४ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान पोखरामा निधन भएको हो ।

उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचार भइरहेको थियो । उहाँलाई बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिकाका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो दिउसो बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा निधन भएको हो । उहाँलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप २ जनापछि गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २६५ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button