गण्डकीसमाचार

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

गण्डकी खबर । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन उहाँलेले आइतबार नै राजीनामा दिएपछि छलफल गर्न आवश्यक नभएपछि अन्त्य गरिएको हो ।

प्रदेश प्रमुखको कार्यालयबाट विशेष अधिवेशन आजै १०ः०० बजेबाट अन्त्य भएको पत्र प्राप्त भएको प्रदेशसभाका सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो ।

प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरिसक्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button