गण्डकीसमाचार

गण्डकीमा प्रदेशमा आज ६५३ संक्रमित, ३ सय ८ जना संक्रमण मुक्त

गण्डकी खबर । २४ घण्टामा गण्डकी प्रदेशमा थप ६ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

एक हजार १ सय ३३ जनाको नमूना परिक्षण गर्दा प्रदेशका ११ वटै जिल्लमागरी थप ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ संक्रमितमा कास्कीका २९८ जना, नवलपरासी पूर्वमा ८६ जना, म्याग्दीमा ६३ जना, बागलुङमा ५८ जना, पर्वतमा ५० जना रहेका छन् । त्यस्तै लमजुङमा ३७ जना, गोरखा र तनहुँमा २२, २२ जना रहेका छन् भने स्याङजाका १५ जना, तथा मनाङ र मुस्ताङमा एक, एक जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ८८२ पुगेको छ ।
त्यस्तै गएको २४ घण्टामा गण्डकीमा ३ सय ८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

हालसम्म प्रदेशभर १८ हजार ७३ जना कोरोना मुक्त भएको निर्देशनालयले जनाएको छ । हाल प्रदेशमा ५५ सय ३३ जना कोरोनाका सक्रिय केस छन् ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरेर १३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

हालसम्म गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७६ पुगेको छ ।

हाल गण्डकीमा ५४ सय ९६ जना होम आइसोलेसनमा रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button