गण्डकीसमाचार

गण्डकी प्रदेशमा फेरी गुरङ नै मुख्यमन्त्री बन्ने पक्का

गण्डकी खबर । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरङ नै फेरी मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

सरकार गठनमा निर्णायक शक्ति मानिएको राष्ट्रिय जनमोर्चाले नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई समर्थन नगर्ने भएपछि गुरुङ नै मुख्यमन्त्री बन्ने भएका हुन् ।

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नेपाली कांग्रेसको नेतृत्वमा प्रस्तावित विपक्षी गठबन्धनलाई समर्थन गर्न अस्वीकार गरेका छन्। बहुमतका लागि राष्ट्रिय जनमोर्चाको तीन प्रदेशसभा सदस्यको पनि हस्ताक्षर चाहिन्छ।

कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका थिए।

कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना सांसद छन्। ६० सदस्यीय प्रदेश सभामा थापाले हस्ताक्षर नगर्दा विपक्षीलाई सरकार बनाउन सांसद संख्या पुग्दैन ।

वैशाख २६ गते पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि त्यसै दिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई तीन दिनको समय दिएकी छन्।

प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा भित्र दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने ठुलो दल एमालेकै अल्पमतको सरकार बन्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button