गण्डकीसमाचार

बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

गण्डकी खबर । बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा हिजो राति ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । ट्याक्सीमा सवार एक महिला घाइते भएका छन् ।

पोखराबाट ढोरपाटन जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा प्याङ्खोलाकै ४० वर्षीय जोकबहादुर विक र ट्याक्सी चालक बडिगाड–१ ग्वालीचौरका ३५ वर्षीय ढालबहादुर थापा रहेका छन् ।

दुर्घटनामा मृतक विककी श्रीमती रतिमाया घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button