गण्डकीसमाचार

गण्डकी प्रदेशमा काेराेना संक्रमणका कारण १६ जनाको निधन

गण्डकी खबर । पोखराका विभिन्न अस्पतालमा १५ जना र बाग्लुङमा १ जना गरी १६ जना कोरोना संक्रमितहरुको पछिल्लो २४ घण्टामा निधन भएको छ ।

थप १६ जना संक्रमितको निधनपछि प्रदेशमा मृतकहरुको संख्या ३०४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।

गोरखा पालुङटार नगरपालिका–९ का ३३ वर्षीय पुरुषको आज मध्यरातमा गण्डकी मेडिकल कलेजमा निधन भएको छ । उहाँलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिका–१ की ४९ वर्षीया महिलाको आज ग्यालेक्सी अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २३ गते संक्रमण पुष्टि भएको थियो ।

तनहुँको शुक्ला गण्डकी नगरपालिका–६ का ६२ वर्षीय पुरुषको आज बिहान फिस्टेल अस्पतालमा निधन भएको छ । उहालाई हिजो संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१ क ५२ वर्षीय पुरुषको हिजो बिहान मणिपालमा निधन भएको हो । उहाँलाई हिजो नै संक्रमण पुष्टि भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button