गण्डकी खबर । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ९ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१ हजार ६८७ जनाको नमूना परिक्षण गर्दा थप ९ सय ४१ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गएको २४ घण्टाका प्रदेशका ११ वटै जिल्लामा संक्रमित थपिएका छन् ।
नयाँ संक्रमितमा कास्कीका २ सय ५१ जना, बाग्लुङमा २ सय ३५ जना, स्याङमा १ सय ६८ जना, गोरखामा ८१ जना, नवलपरासी पूर्वमा ६८ जना, म्याग्दीमा ४० जना रहेका छन् ।
त्यस्तै पर्वतमा ३१ जना, मनाङमा २८ जना, मुस्ताङमा २७ जना, तनहुँमा ११ र लमजुङमा १ जना रहेका छन् ।
यो सँगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २५ हजार ४४७ पुगेको छ ।
त्यस्तै सोही अवधिमा प्रदेशका विभिन्न अस्पतालमा उपचाररत र होम आइसोलेसनमा रहेको २ सय ७४ जना कोरोना मुक्त भएका छन् ।
योसँगै हालसम्म गण्डकीमा संक्रमण मुक्त हुनेको संख्या १८ हजार ४५९ रहेको छ ।हाल गण्डकीमा ६ हजार ६८६ जना कोरोनाका सक्रिय केस छन् ।
त्यस्तै गएको २४ घण्टामा प्रदेशका ३ जिल्लामा गरी थप १६ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ८ जना, तनहुँका ३ जना र बाग्लुुङका १ जना रहेका छन् ।
यो सँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ३ सय ४ जनाको मृत्यु भएको छ । हाल प्रदेशभर ६ हजार ४८६ जना होम आइसोलेसनमा रहेका छन् ।