गण्डकीसमाचार

पाेखराका पत्रकार पाैडेलकाे काेराेना संक्रमणका कारण उपचारकाे क्रममा निधन

गण्डकी खबर । पोखराका पत्रकार गणेश पौडेलको आज बिहान गण्डकी मेडिकल कलेजमा निधन भएको छ ।

गण्डकी टेलिभिजनमा कार्यरत ३८ वर्षीय पत्रकार पाैडेलकाे काेराेना संक्रमणका कारण निधन भएकाे हाे ।

वैशाख १८ गते कोरोना संक्रमण देखिए लगत्तै अस्पतालमा भर्ना भई उपचारत रहनुभएका उहाँको उपचारको क्रममा आज बिहान निधन भएको हो । स्वर्गीय पौडेलका श्रीमती र दुई छोरा हुनुहुन्छ ।
कास्की जिल्लाकाे पोखरा–३३ बागमारा निवासी पत्रकार पौडेल विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।
पोखरास्थित गण्डकी टेलिभिजनको स्थापनाकालदेखि काम गर्नुभएका पौडेलले पछिल्लो समय उक्त टेलिभिजनमा निर्देशकको जिम्मेवारी वहन गर्दै आउनु भएको थियो ।

उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button