गण्डकीसमाचार

पत्रकार पौडेलको निधनप्रति पत्रकार महासङ्घ कास्कीद्वारा दुःख व्यक्त

गण्डकी, ३० वैशाख । नेपाल पत्रकार महासङ्घ कास्कीले कोरोना सङ्क्रमणका कारण निधन भएका गण्डकी टेलिभिजन पोखराका प्रबन्ध निर्देशक गणेश पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ ।

महासङ्घ कास्कीका तर्फबाट सचिव माधव बरालले आज शोक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस सङ्क्रमण भई विगत ११ दिनदेखि उपचाररत पौडेलको गण्डकी मेडिकल कलेजमा ४१ वर्षको उमेरमा बिहिबार बिहान ५ः३० बजे भएको निधनले सङ्घलाई दुःखी बनाएको उल्लेख गर्नुभएको छ । दिवङ्गत पौडेलको आत्माको चीर शान्तिको कामना गर्दै महासङ्घले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

कामप्रति बफादार र हक्की स्वभावका पौडेल २०६५ सालदेखि गण्डकी टेलिभिजनमा रहनुभएको र टेलिभिजनकै गण्डकी छड्के कार्यक्रम छायाङ्कनका क्रममा खटिएकै अवस्थामा वैशाख २० गते कोरोना सङ्क्रमण भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका तर्फबाट महासचिव गोविन्दप्रसाद सुवेदीद्वारा जारी शोक विज्ञप्तिमा दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समबेदना व्यक्त गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बागमारा निवासी स्वर्गीय पौडेलका आमा, श्रीमती र दुई छोरा हुनुहुन्छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button