गण्डकीसमाचार

लमजुङमा राम्चेखोला मोटरेवल पुल अन्तिम चरणमा

गण्डकी खबर । यहाँ निर्माणाधीन राम्चेखोला मोटरेवल पुल अन्तिम चरणमा पुगेको छ ।

बेँसीशहर नगरपालिका–५ नाल्माफेदी र सुन्दरबजार नगरपालिका–११ ठूलोश्वाँरा जोड्ने राम्चेखोला मोटरेवल पुलको काम १० प्रतिशत मात्र बाँकी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

निर्माणाधीन राम्चेखोला मोटरेवल पुलको हालसम्म ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको कार्यालय प्रमुख इन्जिनीयर सुमन गिरीले बताए ।

आरसिसीसहितको पक्की मोटरेवल पुलको कन्सट्रक्शनतर्फको सबै काम सकिएको छ भने यसको फिनिसिङको काम मात्रै बाँकी रहेको उनको भनाइ छ। पुल यस आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी तीव्र रुपमा निर्माण कार्य भइरहेको छ ।

चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका अन्य योजनाभन्दा सो पुल छिटो सम्पन्न हुने पूर्वाधार कार्यालयले जनाएको छ। पच्चीस मिटर लम्बाइ रहेको यस पुलको विसं २०७८ पुस ३० गते निर्माण सम्पन्न गर्ने गरी विसं २०७७ असार ३० गते निर्माण सम्झौता भएको थियो। विसं २०७७ पुस महिनाबाटै पुल निर्माण कार्य थालिएको थियो ।

गण्डकी प्रदेश सरकारको रु चार करोड छ लाख ५० हजार ७१९ लागत स्टमेट रहेको उक्त योजनाको पराजुली कन्सट्रक्शन भोर्लेटारसँग रु दुई करोड ६० लाख ७४ हजार ७१९-८४ मा निर्माण सम्झौता भएर निर्माण कार्य शुरु गरिएको पूर्वाधार कार्यालयका प्रमुख इन्जिनीयर गिरीको भनाइ छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button