गण्डकीसमाचार

कास्कीमा १६८ सहित गण्डकी प्रदेशमा ७७० संक्रमित थपिए

गण्डकी खबर । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ७ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा ११ जिल्ला मध्ये ८ वटा जिल्लामा थप ७ सय ७० जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार २४ घण्टा पीसीआर र एन्टिजेन परिक्षण गर्दा महिला ३ सय ३० र पुरुष ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमा म्याग्दीमा १ सय महिला र १ सय ३० पुरुष गरी २ सय ३० जना, कास्कीका ७१ जना महिला र ९७ जना पुरुष सहित १ सय ६८ जना, नवलपरासी पूर्वमा ६३ जना महिला र ८४ जना पुरुष सहित १ सय ४७ जना रहेका छन् । त्यस्तै त्यस्तै बागलुङमा २६ जना महिला र ५३ जना पुरुष सहित ७९ जना, तनहुँमा २६ जना महिला र ३२ जना पुरुष सहित ५८ जना, गोरखामा २६ जना महिला र २३ जना पुरुष सहित ४९ जना, स्याङजामा १३ जना महिला र ८ जना पुरुष सहित २१ जना, पर्वतमा ५ जना महिला र १३ जना पुरुष सहित १८ जना रहेका छन् ।
योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या २७ हजार ४ सय ५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर थप १४ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ६ जना, पर्वतका ३ जना, स्याङजाका २ जना, म्याग्दी, तनहुँ र गोरखाका एक/एक जना रहेका छन् । योसँगै प्रदेशभर कोरोनबाट मृत्यु हुनेको संख्या ३ सय ५५ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button