गण्डकीसमाचार

कास्कीका ३८७ सहित गण्डकी प्रदेशमा ७७७ संक्रमित थपिए

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्कीका ३ सय ७८ सहित गण्डकी प्रदेशमा थप ७ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेशभरबाट १ हजार ६ सय ५२ जनाको नमूना परिक्षण गर्दा थप ७ सय ७७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा संक्रमित थपिएका छन् ।

नयाँ संक्रमितमा कास्कीमा ३ सय ८७ जना, बाग्लुङमा ९९ जना, पर्वतमा ९२ जना र स्याङजामा ६१ जना रहेका छन् । त्यस्तै गोरखामा ४९ जना, लमजुङमा २६ जना, नवलपरासी पूर्व र तनहुँमा २४, २४ जनामा संक्रमण पुष्टि भएको छ भने म्याग्दीमा १२ जना, मनाङमा २ जना र मुस्ताङमा १ जना रहेका छन् ।

योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या २८ हजार १ सय ८२ पुगेको छ । त्यस्तै प्रदेशभरबाट ४ सय ३१ जना संक्रमण मुक्त भएका छन् । हाल प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १८ हजार ७ सय ६६ रहेको छ । हाल प्रदेशमा ८ हजार ३३ जना कोरोनाका सक्रिय केस छन् ।

त्यस्तै प्रदेशमा थप २८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको निर्देशनालयले जनाएको छ । मृत्यु हुनेमा कास्कीका ९ जना, स्याङजाका ७ जना, तनहुँका ३ जना, नवलपरासी पूर्व, बाग्लुङ र लमजुङका २, २ जना रहेका छन् । त्यस्तै म्याग्दी, गोरखा, मुस्ताङका एक, एक जना रहेका छन् । योसँगै प्रदेशभर मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।

हाल प्रदेशभर ७ हजार ८ सय ३८ जना होम आइसोलेसनमा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button