गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्कीका ९ जना र स्याङ्जाका ५ जनासहित गण्डकी प्रदेशमा थप २४ जना काेराेना संक्रमितहरुकाे मृत्यु भएको छ ।
प्रदेशका ९ जिल्लाका २४ जना संक्रमितहरुकाे निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेहरु कास्कीका ९ जना, स्याङजाका ५ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, म्याग्दी १ जना, नवलपुर पूर्वका १ जना, पर्वतका ३ जना, लमजुङका १ जना र गोरखा जिल्लाका १ जना रहेका छन् ।
योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७ पुगेको छ ।