गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार कास्कीमा २१७ जना पुरुष तथा १९७ जना महिला गरी ४०८ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार ६७७ जनाको नमुना परीक्षण गरिएकोमा थप ८५९ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका ४०८ सहित स्याङ्गजाका ३५ जना,बाग्लुङका ६२ जना,पर्वतका २१ जना, म्याग्दीका ८४ जना, मनाङका पाँच जना, तनहुँका २३ जना, लमजुङका ७९ जना र नवलपुरका १४२ जना गरी प्रदेशका नौ जिल्लामा ४५५ पुरुष तथा ४०४ जना महिलामा कोरोना पुष्टि भएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ४१ पुगेको छ। पछिल्लो २४ घण्टामा २०३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १९ हजार ९६९ पुगेको छ।
पछिल्लो २४ घण्टामा गण्डकीमा थप २४ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ ।
हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ४०७ पुगेको छ।