गण्डकीसमाचार

कास्कीमा मात्रै थपिए मंगलबार ४१७ कोरोना संक्रमित

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ४१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार कास्कीमा १९९ जना पुरुष तथा २१८ जना महिला गरी ४१७ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार ६३५ जनाको नमुना परीक्षण गरिएकोमा थप ९५९ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ४१७ सहित स्याङ्गजाका ८६ जना, बाग्लुङका १२३ जना,पर्वतका ७४ जना, म्याग्दीका २७ जना, मुस्ताङ्गका एक जना, तनहुँका ११२ जना, गोरखाका ३५ जना, लमजुङका ८ जना र नवलपुरका ७६ जना गरी प्रदेशका दश जिल्लामा ४८० पुरुष तथा ४७९ जना महिलामा कोरोना पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३० हजार पुगेको छ। पछिल्लो २४ घण्टामा ४२९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २० हजार ३९८ पुगेको छ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ४२२ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button