गण्डकीसमाचार

गण्डकी प्रदेशमा १७ जना संक्रमितको मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ११ जनासहित गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

मृतकहरु सबैकाे पछिल्लो २४ घण्टामा अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

मृतकहरु कास्की जिल्लाका २ जना, स्याङजाका ४ जना, म्याग्दी जिल्लाका ३ जना, पर्वतका १ जना, तनहुँ जिल्लाका १ जना,  गाेरखाका २ जना,  नवलपुरका १ जना ,लमजुङका १ जना, सिन्धुलीका १ जना र भारतका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ५३१ पुगेको छ ।

विवरण यस्तो छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button