गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ७४४ जना कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साेमबार कास्कीमा १५० जना पुरुष तथा ११३ जना महिला गरी २६३ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ७३४ जनाको नमुना परीक्षण गरिएकोमा थप ७४४ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २६३ सहित म्याग्दीका ३८ जना, स्याङ्जाका ८८ जना, बाग्लुङका२१ जना, पर्वतका ५९ जना, तनहुँका १०४ जना, गोरखाका ११ जना, लमजुङका २३ जना, नवलपुरका १३३ जना, मनाङका २ जना र मुस्ताङका २ जना गरी प्रदेशका सबै जिल्लामा ४१४ पुरुष तथा ३३० जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ३२६ पुगेको छ। पछिल्लो २४ घण्टामा ६५३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २४ हजार ४२०पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ५५१ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button