गण्डकी खबर । घरबाट काेही कसैलाई नभनी निस्केर सम्पर्कविहिन भएका पोखरा महानगरपालिका-१६ अमरदिपका ५८ वर्षीय नैन सिंह गुरुङ मृत अवस्थामा फेला परेका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराका अनुसार गुरुङ हिजाेदेखि घरबाट हिँडेका थिए ।
प्रहरी र स्थानीय जनप्रतिनिधि सहित खोजतलास गर्दै जाने क्रममा आज साढे ९ बजेको समयमा पाेखराकाे शान्तिघाटस्थित सेती नहरको ड्यामको बारमा उनी अड्किएको मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।