गण्डकीसमाचार

गण्डकी प्रदेशमा १ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्कीमा १९७ जना पुरुष तथा १७३ जना महिला गरी ३७० जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा २ हजार २२३ जनाको नमुना परीक्षण गरिएकोमा थप १ हजार ७९ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ३७० सहित म्याग्दीका ३६जना, स्याङ्जाका ५० जना, बाग्लुङका ११ जना, पर्वतका ६५ जना, तनहुँका १६६ जना, गोरखाका २१८ जना, लमजुङका ३६ जना, नवलपुरका ११८ जना मुस्ताङका ८ जना र मनाङ १ जना गरी प्रदेशका ११ जिल्लामा ५९९ पुरुष तथा ४८० जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ९५४ पुगेको छ। पछिल्लो २४ घण्टामा ९४१ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २६ हजार ६३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ५७७ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button