गण्डकीसमाचार

पोखराका अति विपन्न परिवारलाई राहत वितरण

 गण्डकी खबर । पोखराका युवाहरुको समुहले ‘हामी छौ तपाई भोकै वस्नु पर्दैन’ भन्ने अभियान चलाएर अति विपन्न परिवारलाई राहत वितरण गरेका छन् । यो युवाको समुहले राहत बाँडेको फोटो तथा भिडियो भने खिचेनन् ।

राहत वितरण अभियानको सुरुमा ५० परिवारलाई राहत वितरण गरेको संचारकर्मी उत्तम पौडेलले बताउनुभयो ।
नयाँ भेरियन्टको कोरोना महामारीका कारण भएको निषेधाज्ञाका कारण अति विपन्न वर्गको जनजीवन कठिन बन्दै गएको छ । यसरी समस्यामा परेका अति बिपन्न तथा दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने गरिब परिवारलाई परेको अप्ठ्यारोलाई केही हदसम्म संबोधन गर्ने प्रयास आफुहरुको रहेको सञ्चारकर्मी पौडेलले बताउनुभयो ।

चलचित्र पत्रकार तथा युवा व्यवसायी बोधराज रेग्मीले आफुहरुले कुनै भिड जम्मा नगरिकन एउटा नयाँ तरिकाबाट राहत वितरण गरेको बताउनुभयो । कुनै परिवारलाई अप्ठ्यारो परेको छ भन्ने जानकारी पाएपछि गाडीमार्फत राहत आवश्यक ब्यक्तिको घर ठेगानमा लगेर दिएको उहाँको भनार्ई छ ।

यसरी राहत वितरण गर्दा कहि कतै भिड नहुनेमात्र नभएर राहत लिनेको विवरण पनि गोप्य रहने बताउनुभयो । पहिलो दिन फुलबारी, नयाबजार, बसपार्क, एयरपोट, बिरौटा, सिमपानी हरिचोक लगायतका ठाउँका ५० अति विपन्न परिवारलाई सहयोग गरेको रेग्मीले जानकारी दिनुभयो ।

देखावटी रुपमा राहत वितरण गरेझै गर्ने अनि पिडितको फोटो, भिडियोलाई भाइरल गर्दै समाजसेवा गरेको प्रचार गर्दा झनै पिडितलाई पिडा थप्ने भएकोले सचेतनाका साथ राहत वितरण गरिएको अर्का युवा विशाल बरालले बताउनुभयो ।

युवाहरुले चलाएको यो अभियानको लागि केही दयालु संस्था, केही ब्यक्तिहरुकोे सहयोग समेत रहेको छ । यसरी अभियानमा साथ दिने र सहयोग गर्नेमा कुमुदिनी होम्स पोखरा, नेपाल होटल म्यानेजमेन्ट कलेज, युबा व्यावसायीहरु किरण बराल, सुजन गुरुङ, बिष्णु बराल, गिता रेग्मी, बिनोद बाँनिया, जुस स्टेसन गैह्रापाटन पोखरा, कुइन्स कलेक्सन बुटिक पोखरा आदि छन् ।  pokhara news बाट साभार गरीएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button