गण्डकीसमाचार

‘खोप खरिद गर्न मिल्ने बनाऊ’ र सबैभन्दा पहिले जनता बचाउ

गण्डकी खबर । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई खोप खरिद गर्न मिल्ने बनाउनुपर्ने बताएका छन् ।

प्रदेशको अर्थ मन्त्रालयद्वारा आज आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा आयोजित भर्चुअल बैठकमा उनले सबैभन्दा पहिले जनता बचाउनुपर्ने भएकाले बजेटको ५० प्रतिशत स्वास्थ्यको क्षेत्रमा विनियोजन गर्नुपर्ने सुझाव दिए ।

कोइरालाले निर्वाचन पूर्वाधार विकास क्षेत्रको बजेट दुई करोडबाट बढाएर बरु पाँच करोड पुर्‍याउनुपर्ने र यस कार्यक्रमलाई खोप खरिद गर्न मिल्ने बनाउनुपर्नेमा जोड दिए।

मितव्ययिता भनेर भाषण गर्ने सरकारले अनावश्यक मन्त्रालय थप्दै गएको बताउँदै उहाँले प्रदेशको आम्दानी बृद्धिभन्दा अनावश्यक खर्च गर्न तल्लिन रहेको टिप्पणी गरे । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button