गण्डकीसमाचार

गण्डकी प्रदेशमा उपचाररतसहित थप ३० जना संक्रमितकाे मृत्यु

गण्डकी खबर ।२४ जना पोखराका अस्पतालहरुमा उपचाररतसहित गण्डकी प्रदेशका थप ३० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

मृतकहरु कास्की जिल्लाका ९ जना, तनहुँ जिल्लाका ६ जना, स्याङजा जिल्लाका ३ जना, नवलपुर जिल्लाका १ जना, पर्वत जिल्लाका २ जना, मुस्ताङ जिल्लाका २ जना, बाग्लुङ जिल्लाका १,  गाेरखा जिल्लाका ३ जना, दाङका २ जना र बाराका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६२४ पुगेको छ ।

गए राति पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ वार्डमा उपचाररत एक सुत्केरी महिलासहित ६ जनाको अक्सिजन अभावका कारण ज्यान गएको हाे । हाइफ्लो अक्सिजन दिएर अस्पतालमा उपचार गराइरहेका प्रदेशका विभिन्न जिल्लाका बिरामीले समयमा अक्सिजन नपाउँदा ज्यान गुमाउनुपरेको हो ।

अस्पतालमा आवश्यकता अनुरूप अक्सिजनको आपूर्ति नहुँदा बिरामीहरूले ज्यान गुमाउनुपरेको प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले स्वीकार गर्नुभयो ।

विवरण यस प्रकार छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button