गण्डकीसमाचार

गण्डकी प्रदेशमा ६४७ संक्रमित थपिए

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साेमबार कास्कीमा ७४ जना पुरुष तथा ६६ जना महिला गरी १४० जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १हजार ७४८ जनाको नमुना परीक्षण गरिएकोमा थप ६४७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १४० सहित म्याग्दीका २४ जना, स्याङ्जाका २२५ जना, बाग्लुङका १२७जना, पर्वतका ३जना, तनहुँका ६४ जना, गोरखाका ५६ जना, लमजुङका ५४ जना, नवलपुरका ६४ जना गरी प्रदेशका ९ जिल्लामा ३४३ पुरुष तथा ३०४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार १४२ पुगेको छ। पछिल्लो २४ घण्टामा ७७७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २९ हजार ३७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button