गण्डकीसमाचार

आजबाट गण्डकी प्रदेशमा बजेट अधिवेशन सुरु हुँदै

गण्डकी खबर । गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ ।अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ ।

दोस्रो दिन बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ ।

संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता छ ।

नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अगाडि नै विश्वासको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री गुरुङ निकट स्रोतले जनाएको छ ।

नेकपा एमालेको ओली निकट गुरुङ वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्त भएको मितिले ३० दिनभित्र उनले विश्वासको मत लिन नसके प्रदेशसभा मध्यावधि निर्वाचनतिर धकेलिने सम्भावना छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button