गण्डकीसमाचार

पहिराका कारण सडक अवरुद्ध हुँदा संक्रमितलाई लिन गएको टोली रोकियो

गण्डकी खबर । केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका– १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ ।

पहिराका कारण सडक अवरुद्ध हुँदा कोरोना संक्रमित बिरामीलाई उपचारका लागि लिन गएका युवा बाटोमै रोकिएका छन् ।

हुलकाङस्थित फूलबारीमा कोरोना संक्रमणबाट बिरामी भएका एक पुरुषलाई उपचार गर्न अस्पताल पुर्याउनका लागि लिन गएका वालिङ– ९ का विवेक पराजुली र १४ का याम लुइँटेल सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका हुन् ।

वालिङ– १२ का युवा समाजसेवी राजु काफ्ले (ख्याम) ले बिरामी लिन गएका युवा सडक अवरुद्ध हुँदा समयमै बिरामी भएको स्थलसम्म जान नसकिएको र बाटो खुलाउनका लागि नगरपालिकामा खबर गरिएको जानकारी दिए ।

लगातार परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकका साथै बस्ती जोखिममा परेका छन् भने ग्रामीण सडकमा पहिरो जाँदा सवारी साधन चल्न सकेका छैनन् । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button