गण्डकीसमाचार

सरकारी अस्पतालमा पिसिआर गर्न रकम उठाउने कर्मचारीलाई ज्ञानेन्द्र शाहीको टोली भेटेपछि

गण्डकी खबर । सरकारी अस्पताल परिसरबाटै कोरोना जाँचका लागि स्वाव संकलन गरी पिसिआर परीक्षण गर्न सर्वसाधारणसँग रकम उठाउने चार जना कर्मचारी निलम्बनमा परेका छन् ।

छिटो पिसिआर परीक्षण गरिदिने भन्दै अस्पताल परिसर बाटै रकम उठाउने तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका चार कर्मचारीलाई उपचार केन्द्रले निलम्बन गरेको हो । केन्द्रमा कार्यरत सुधन पन्त, आनन्दप्रसाद ढुङ्गाना, विधान तिमिल्सिना र मदन श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न पत्राचार गर्दै कारवाहीको अन्तिम टुङ्गो नलागेसम्म उनीहरुलाई निलम्बन गरिएको उपचार केन्द्रले जानकारी दिएको छ ।

नेपालका लागि नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीसहितको टोलिले उनिहरुलाई अनुगमनका क्रममा गत बुधबार अस्पताल परिसरमा पैसा उठाउदै गर्दा फेला पारेको थियो । सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ हुने भन्दै सर्वसाधारणलाई डर त्रास देखाउदै सर्वसाधारण बाट पैसा उठाइरहेको अवस्थामा अस्पतालकै कर्मचारीहरुलाई आफुहरुले फेला पारेपछि प्रहरी प्रशासनको जिम्मा लगाएको अभियन्ता ज्ञानेन्द्र शाहीले पोखरा न्यूजलाई बताउनुभयो ।

पिसिआर रिपोर्टका लागि भन्दै सत्र जनासँग उठाएको रु तीन/तीन हजार नगद टोलिले बुधबार नै फिर्ता गराएको थियो भने उनीहरुको स्वाव समेत पोखरा स्थित सरकारी सरकारी प्रयोगशालामामा ल्याएर परीक्षण गराएको थियो ।

घटनापछि उपचार केन्द्रले गलत गर्ने उपर कारवाही हुने प्रतिबद्धता जनाएको थियो । उपचार केन्द्रमा कुनै प्रकारको कमी कमजोरी हुन नदिन प्रशासन प्रतिबद्ध रहेको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताउनुभयो ।

केन्द्रले सेवाग्राही तथा सरोकारवालाहरुबाट सदैव पाइरहेको विश्वास र भरोसा आगामी दिनमा पनि निरन्तर रहने उल्लेख गरेको छ । पोखरा न्युज बाट साभार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button