गण्डकीसमाचार

पर्वतमा मृत अवस्थामा चितुवा फेला

गण्डकी खबर । पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ ।

महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो । अन्दाजी दुई÷तीन वर्षको उमेरको जस्तै देखिने चितुवा के कारणले म¥यो भन्ने खुलेको छैन ।

मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखुदेउराली, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा वन कार्यालयको परिसरमा खाडलमा पुरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button