गण्डकीसमाचार

गण्डकीमा ८३८ जना कोरोना संक्रमित थपिए

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ५७ जना पुरुष तथा ९४ जना महिला गरी १५१ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा २ हजार २४६ जनाको नमुना परीक्षण गरिएकोमा थप ८३८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १५१ सहित म्याग्दीका ३६ जना, स्याङ्जाका १३३ जना, बाग्लुङका ११२ जना, पर्वतका ३४ जना, तनहुँका ५५ जना, गोरखाका १२७ जना, लमजुङका ७३ जना, नवलपुरका ११७ जना गरी प्रदेशका ९ जिल्लामा ४२३ पुरुष तथा ४१५ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४३ हजार ८३५ पुगेको छ। पछिल्लो २४ घण्टामा १३७२ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ३३ हजार २५१ पुगेको छ ।

गण्डकीमा थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ७०७ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button