गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ६८०जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ७७ जना पुरुष तथा ७८ जना महिला गरी १५५ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ५५४ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ६८० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १७५ सहित म्याग्दीका २० जना, स्याङ्जाका ४९ जना, बाग्लुङका ११८ जना, पर्वतका ४८ जना, तनहुँका ४९ जना, गोरखाका ७५ जना, लमजुङका ४४ जना र नवलपुरका १२२ जना गरी प्रदेशका ९ जिल्लामा ३५८ पुरुष तथा ३२२ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार ४२१ पुगेको छ। पछिल्लो २४ घण्टामा ९४६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ३५ हजार २५० पुगेको छ ।

गण्डकीमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ७३३ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button