गण्डकीसमाचार

स्याङ्जा समाज युकेद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

गण्डकी खबर । स्याङ्जा समाज, युकेले जिल्लाका छ पालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । स्याङ्जा घर भइ विभिन्न कामका क्रममा हाल बेलायतमा रहेर रोजगारी गर्दै आएकाहरुको सो संस्थाले कोरोना महामारी नियन्त्रणमा सघाएको हो ।

समाजका प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङले पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीलाई आज सामग्री हस्तान्तरण गर्नुभएको थियो । प्रमुख क्षेत्रीले संकटका समयमा विदेशमा रहेर पनि आफ्नो जिल्लालाई सम्झिएकामा धन्यवाद दिनुभयो ।

संस्थाले पुलतीबजार नगपालिकासहित वालिङ र गल्याङ नगरपालिका, फेदीखोला, विरुवा र आँधीखोला गाउँपालिकामा रहेका स्वास्थ्य संस्थालाई सो उपकरण उपलब्ध गराएको हो ।

संस्थाका महासचिव बलराम ढकालले लण्डनमा बस्दै आएका स्याङ्जालीबाट संकलन गरिएको रु १२ लाख ६२ हजारको स्वास्थ्य सामग्री सहयोग गरिएको जानकारी दिनुभयो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button