गण्डकीसमाचार

गण्डकी प्रदेशसभा सदस्य थापाद्वारा पुनःबहालीको माग गर्दै सर्वोच्चमा रिट निवेदन

गण्डकी खबर । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुनः बहालीको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

थापाले आफूलाई कानूनविपरीत कारवाही गरिएको जनाउँदै पुनः बहाली गर्न माग गर्नुभएको छ । सो निवेदनमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ ।

पार्टी निर्णयविपरीत एमालेलाई साथ दिएको जनाउँदै थापालाई पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button