गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा ५४ जना पुरुष तथा ३१ जना महिला गरी ८५ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ५९० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५६६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका ८५ सहित म्याग्दीका ३१ जना, स्याङ्जाका ३४ जना, बाग्लुङका ११४ जना, पर्वतका १९ जना, तनहुँका ३० जना, गोरखाका ७२ जना, लमजुङका ५० जना र नवलपुरका १२१ जना गरी प्रदेशका ९ जिल्लामा २७४ पुरुष तथा २९२ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार ९८७ पुगेको छ। पछिल्लो २४ घण्टामा ५२३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ७७३ पुगेको छ ।
गण्डकीमा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ७४८ पुगेको छ।