गण्डकीसमाचार

पोखराको मेथलाङमा मिक्स्चर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

गण्डकी खबर । पोखरामा मंगलबार मिक्स्चर दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । दुर्घटनामा अर्का एक युवा घाइते भएका छन् ।

पोखरा १८ सराङकोटबाट पोखरा बजार तर्फ आउँदै गरेको ग १ क ३१८७ नं को मिक्स्चर मेथलाङमा दुर्घटना हुँदा सहचालक पोखरा १४ चाउथेका अन्दाजी २९ वर्षीय अनिरोध थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान करिब १० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारको लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

दुर्घटनामा चालक कोटेश्वर घर भई पोखरा -५ मालेपाटन बस्ने ३५ वर्षीय राजन ठकुरी गम्भीर घाइते भएको र उहाँको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सिलवालले जनाउनुभयो ।

मिक्स्चर आफै अनियन्त्रित भई सडकको बायाँ तर्फ नालीमा पल्टिएको बताइएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button