गण्डकीसमाचार

पोखरामा १० मा होम आइसोलेसनमा बसेका २६ वर्षीय युवकको मृत्यु

गण्डकी खबर । पोखरामा होम आइसोलेसनमा बसेका एक युवाको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका पोखरा १० का २६ वर्षीय युवकको सोमबार मृत्यु भएको हो ।

जेठ २२ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका युवाको २४ गते मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

कोरोना पुष्टि भएको दुई दिनमै होम आइसोलेसनमा मृत्यु भएका युवकको बारेमा थप जानकारी आफूलाई नभएको शर्माले बताउनुभयो ।

यस विषयमा वडा नम्बर १० का वडाध्यक्ष राज कुमार गुरुङलाई बुझ्दा मृतक वडाको स्थानीय नभई बाहिरबाट आएर उत्तम चोकमा बसेको हो भन्ने बुझिएको र थप जानकारी भने आफूले पनि लिँदै गरेको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button