गण्डकीसमाचार

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पाेखराले आयुर्वेद औषधि सेवनबारे सर्वसाधरणलाई यस्ताे आग्रह

गण्डकी खबर । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले आज एक सूचना जारी गर्दै सर्वसाधरणलाई आँफै बजारबाट औषधि किनेर नखान सचेत गराएकाे छ ।

काेराेना महामारीका समयमा विभिन्न खालका भ्रामक सूचनाहरु आइरहेका बेला साे कार्यालयले सर्वसाधरणलाई सचेत गराएकाे हाे ।

विशेषगरि आयुर्वेदिक औषधिहरुले कुनै हानी गर्दैन भन्ने धारणा सर्वसाधरणमा रहँदै आएकाे छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको परामर्श लिएर मात्रै औषधिहरुको प्रयोग गर्न सूचनामा आग्रह गरिएकाे छ ।

निर्देशनालयले जारी गरेकाे सूचना यस्ताे छः

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश, पोखराको सूचना

• कुनै पनि आयुर्वेद औषधि आफै बजारबाट किनेर खाने नगरौ, औषधिको मात्रा र सेवन बिधि मिलेन भने आयुर्बेद औषधिले पनि हानि गर्न सक्दछ ।

• सडक गल्लि र चोकहरुमा फिजारेका, झोलामा लिएका, गाडीमा बिज्ञापन बजाउदै हिडेकाहरु सँग औषधि नकिनौ र प्रयोग पनि नगरौ ।

• दर्तावाल आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको परामर्श लिएर मात्रै आयुर्वेद औषधिहरुको प्रयोग गरौ ।

• कुनैपनि भ्रमात्मक विज्ञापनले जनस्वास्थ्य तथा आयुर्वेद सेवाप्रति नै नकारात्मक प्रभाव पर्न जाने हुदा जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ (२) साथै औषधि ऐन २०३५, दफा १९ को बर्खिलाप भएकोले त्यस्ता कार्यहरु नगर्न / नगराउनुहुनका साथै सुरक्षित एवम् गुणस्तरीय आयुर्वेद चिकित्सा सेवाको लागि नजिकको सरकारी वा दर्तावाल आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग परामर्श लिनुहुन सबै सरोकारवालाहरुलाई यो सूचना जारि गरिएको छ ।

साथै अन्य गुनासो भएमा वा जानकारीको लागि स्वास्थ्य निर्देशनालयको हट लाइन नम्बर १०९२ मा सम्पर्कको लागि अनुरोध छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, पोखरा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button