गण्डकीसमाचार

प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्‍वासको मत लिँदै, मत नदिन दलहरूकाे ‘ह्वीप’

गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (बिहीबार) विश्‍वासको मत लिँदै हुनुहुन्छ ।

उहाँले मंगलबार विश्‍वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउनु भएको थियो । विश्वासको मत लिँदा २ दिनअघि जानकारी दिनुपर्ने व्यवस्था छ ।

प्रदेशसभा बैठक मध्याह्न १२ बजेबाट सुरु हुनेछ । प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिनुभएको थियो । अल्पमतको सरकार भएकाले उहाँले एक महिनाभित्र नै विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

मुख्यमन्त्री गुरुङले मतको विपक्षमा उभिनका लागि दलहरुले आ-आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन् । बुधबार गण्डकी प्रदेशसभाअन्तर्गत नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संसदीय दलका छुट्टाछुट्टै बसेका बैठकले मुख्यमन्त्री गुरुङलाई विश्वसको मत नदिन ह्वीप जारी गरेका हुन् ।

नेकपा (एमाले)ले पनि विश्वासको मतको पक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button