गण्डकीसमाचार

पोखरा १३ का विपन्न तथा असहाय ७० घरपरिवारलाई निःशुल्क खाद्यान्न वितरण

गण्डकी खबर । पोखरा महानगरपालिकाको वडा नम्बर १३ मा शुक्रबार ७० घरपरिवारलाई निःशुल्क खाद्यान्न वितरण गरिएको छ ।

बहिनी एडुकेयर फाउन्डेसनको सहयोगमा वडाका गरिब विपन्न तथा असहाय ७० घरपरिवारका २७५ जनालाई चामल, दाल र मास्क वितरण गरिएको हो ।

शुक्रबार वडाध्यक्ष दर्शन लामाको समुपस्थितमा संस्थाको तर्फबाट वडा कार्यालयको भवन तथा आर्वाविजयमा पुगेर विपन्न ७० घर परिवारलाई २५ केजीको एक/एक बोरा चामल, ५ केजी दाल १५ वटाका दरले मास्क र ४ वटा डिटोल साबुन वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष तथा कार्यकारी प्रमुख सुरेन्द्र परियारले जानकारी दिनुभयो ।

कुल एक लाख ७५ हजार मूल्य बराबरको उक्त सामग्री संस्थाका अध्यक्ष छिरिङ लामा शेर्पा, कोषाध्यक्ष अभिजित श्रेष्ठ, तथा सदस्य विकास भट्टराई लगायतको सहयोगमा पुगेर वितरण गरिएको परियारले बताउनुभयो । उहाँले यस अघि मंगलबार पोखरा २३ का १०० विपन्न घरपरिवारलाई दुई लाख ५० हजार मूल्य बराबरको खाद्यान्न वितरण गरिएको बताउनुभयो ।

वडा नम्बर १३ भित्र बसोबास गर्ने विभिन्न टोलका ज्याला मजदुरी गरेर खाने परिवारलाई संस्थाले खाद्यान्न सहयोग गरेको वडाध्यक्ष दर्शन लामाले बताउनुभयो । वडा सँगको समन्वयमा संस्थाले विपन्न वर्गलाई सहयोग गरेको बताउँदै वडाध्यक्ष लामाले लकडाउनका कारण ज्याला मजदुरी समेत गर्न नपाएर अप्ठ्यारोमा परेको वर्गलाई गरेको सहयोग सह्रानीय रहेको उल्लेख गर्नुभयो ।

‘जसले अरुबेला दैनिक रुपमा ज्याला मजदुरी गरेर छाक टारने गर्दथे, लकडाउनले त्यस्ता बर्गलाई बिहान बेलुका के खाने भन्ने समस्या परेको छ । यस्तो बेला संस्थाले गरेको सहयोग उल्लेखनीय छ’, वडाध्यक्ष लामाले भन्नुभयो ।

पोखराको मालेपाटनमा रहेको बहिनी एडुकेयर फाउन्डेसनले एकल महिला तथा आश्रित परिवारलाई शिक्षा, स्वास्थ्य, परामर्श, जीविकोपार्जन लगायतमा सहयोग गर्दै आएको छ ।

संस्थाले यसअघि पहिलो कोभिड संक्रमणको समयमा पोखरा महानगरको -५ र ६ वडा क्षेत्रमा करिब चार हजार जनालाई नि:शुल्क खाना खुवाउने कार्य गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button