गण्डकीसमाचार

मुख्यमन्त्री दावी गर्न ३१ सांसदसहित कृष्णचन्द्र नेपाली प्रदेश प्रमुखको कार्यालय पुगे

गण्डकी खबर । गण्डकी प्रदेशमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको दाबीसहित नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली ३१ सांसदसहित प्रदेश प्रमुखको कार्यालय पुग्नुभएको छ ।

काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली प्रदेशप्रमुख समक्ष जानुभएको हो ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि शुक्रबार २४ घण्टाको समय दिएर आह्वान गरेपछि विपक्षी गठबन्धनका ३१ जना सांसद उपस्थित भएका हुन् ।

बिहीबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पक्षमा जम्मा २७ मत आएसँगै उनी पदमुक्त भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button