गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ११६ मा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा २३ जना पुरुष तथा २२ जना महिला गरी ४५ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।गण्डकी प्रदेशमा थप ११६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ४५ सहित म्याग्दीका ८ जना, पर्वतका ९ जना, लमजुङका ८ जना तनहुँका १४ जना, बाग्लुङका १० जना स्याङ्जाका २ जना र नवलपुरका २० जना गरी प्रदेशका ८ जिल्लामा ५४ पुरुष तथा ६२ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५२ हजार ४१४ पुगेको छ।

गण्डकीमा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८८९ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button